समाचार

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा. केसीले अस्वीकार गरिरहेको उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ । डा. केसीको दिसामा रगत देखिने

काबुलको मस्जिद नजिकै विस्फोट हंदा ४ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिद नजिकै प्रार्थना समाप्त भएको केही मिनेटमै भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको एक अस्पतालले जनाएको छ । गत वर्षको अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि कैयौँ दूतावास रहेको पूर्व ‘ग्रिन जोन’भन्दा केही पर रहेको वजीर अकबर खान मस्जिदको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो । यस मस्जिदमा अहिले तालिबानका वरिष्ठ कमाण्डर र लडाकुहरू उपस्थित हुने गरेका छन् । राजधानी काबुलमा आकस्मिक अस्पताल सेवा

सशस्त्रका डिआइजी बंशीराज दाहाल एआइजीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी वलका डिआइजी बंशीराज दाहाल एआइजीमा बढुवा सिफारिस भएका छन् । हालै थप गरेको एआइजी पदमा उनको सिफारिस भएको हो । गृह मन्त्रालयमा बिहीबार राती बसेको बढुवा समितिको बैठकले उनलाई एकल बढुवा सिफारिस गरेको हो । बढुवा समिति सचिवालयका सदस्य सचिव राजु आर्यालले सिफारिस गरिएको सूचना जारी गरेका हुन् । सरकारले २१ भदौको मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरीमा एउटा एआईजी दरबन्दी थप गरेको हो । योसँगै नयाँ संगठनात्मक

डेंगुवाट २५ जनाको मृत्यु

काठमाडौं । नेपालमा साउनयता मात्रै डेंगु संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २५ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर १९ हजार ७६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १४ हजार ८ सय ३२ जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै, लुम्बिनीमा २ हजा ७ सय ८, सुदूरपश्चिममा ६ सय

अछामको सिडियोमा रामदत्त पाण्डेलाई खटाइयो

काठमाडौं । गृह मन्त्रालयले अछामका सिडिओ हेरफेर गरेको छ । अछाममा उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ । त्यहाँ कार्यरत विश्वराज मरेसनीको मन्त्रालय सरुवा भएको छ । एक वर्ष अवधि पुगेकाले सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारलाई कर्मचारीहरुको सरुवा नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले कर्मचारीहरुको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले असोज ६ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो । असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ । ‘२०७९ मंसिर ४ गते हुने निर्वाचनका लागि यही असोज ६ गतेदेखि

बस दुर्घटना हुँदा रुकुम पूर्वमा चार जनाको मृत्यु

रुकुम पूर्व। रुकुम पूर्वमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भूमे गाउँपालिका वडा नम्बर–३ स्थित क्याङ्सी बगरमा ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल रुकुम कोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ ।

सर्वोच्चले गर्यो ठूलो संख्यामा कर्मचारीको सरुवा

काठमाडौं । सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ । १८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।

नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता

नेपालगन्ज । नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो । ‘बिहिवार राति मात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो ।’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने–‘चार वटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।’ एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर

श्रीलंकामा खाद्यान्नको मूल्य ८४ प्रतिशतले वृद्धि

कोलम्बो । श्रीलंकाको वार्षिक मुद्रास्फीति दर अगस्टमा ७० प्रतिशतभन्दा बढी पुगेको छ । देश ७० वर्षपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग संघर्ष गरिरहेको छ । आधिकारिक तथ्यांकले पनि खाद्यान्नको मूल्य एक वर्ष अघिको तुलनामा ८४.६ प्रतिशतले बढेको देखाएको छ । २२ मिलियन जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र यस वर्ष विदेशी मुद्राको अभावमा आर्थिक र राजनीतिक अराजकतामा फसेको थियो । गत महिना श्रीलंकाको केन्द्रीय बैंकले मुद्रास्फीति कम हुने अपेक्षा गरेको थियो ।