समाचार

तनहुँका छ स्थानीय तहमा सार्वजनिक बिदा

दमौली । विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । ९ अगष्टमा मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले

गाजा र इजरायलबिच युद्धविराम गर्ने सहमति

गाजा । इजरायलले गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको छ । तीन दिनको तीव्र द्वन्द्वपछि इजरायल इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको हो । गत वर्ष ११ दिने युद्धले करिब २३ लाख प्यालेस्टिनी बसोबास गर्ने तटीय क्षेत्रलाई ध्वस्त पारेपछि गाजामा भएको पछिल्लो लडाइँ अन्त्य गर्न इजिप्टले सम्झौता गर्न सहयोग गर्ने विश्वास गरिएको छ । शुक्रबारदेखि इजरायलले गाजमा इस्लामिक जिहादीका आश्रयमा भारी हवाई तथा तोपखानामार्फत हमला गरेको थियो । जबाफमा

कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेतको बैठक बसेको हो । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि पार्टीको साझा धारणा बनाउन शीर्ष तहको छलफल हुन लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् । कार्यदलको बैठक दिउँसो तीन बजे बस्ने भएको छ । निर्वाचन आयोगको प्रस्तावमा

मदन पुरस्कार–२०७८ का लागि छानिएका ८ पुस्तक

काठमाडौं । मदन पुरस्कारका–२०७८ का लागि उत्कृष्ट ८ वटा पुस्तक छानिएका छन् । पदन पुरस्कार गुठीले २ सय ९९ पुस्तकबाट ८ वटा छानेको हो । जसमा डा. नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, बसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, प्रा. नीलमणि ढुंगानाको ‘संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ छानिएको गुठीले जनाएको छ । यी मध्ये एक पुस्तकलाई २०७८

समस्या देखाएर पन्छिने छुट कसैलाई छैन : मन्त्री चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले समस्या देखाएर पन्छिने छुट कसैलाई नभएको बताएका छन् । निजामति सेवा नियमावली २०५०, सुशासन ऐन २०६४ र सोको नियमावली २०६५ को प्रावधान अनुसार २०७९/८० को कार्य सम्पादन सम्झौता कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन् । ‘यो सम्झौता सेल्फ कमिटमेन्टको कुरा पनि हो । पेन्डिङमा रहेका काममा ध्यान दिऔँ । मुआब्जाका कारण रोकिएका आयोजनाका सन्दर्भमा मुआब्जाबारे अध्ययन गर्ने, हटाउनुपर्ने संरचना भए हटाउने, व्यवस्थापन

राजनीतिक दलहरुले चुनाव जिते पनि देशले निकास पाउदैन: अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने बताएका छन् । उनले सामाजीक सञ्जाल ट्वीटरमा एक सन्देश जारी गर्दै देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय निर्वाचन जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् । त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेक उनको तर्क छ । नेपाली राजनीतिको

आज देखि दल दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आज देखि राजनीतिक दल दर्ता सुरु गर्ने भएको छ । सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो। निर्वाचन सहभागी हुने राजनैतिक दलले आजदेखि ३१ गतेभित्र आयोगमा दल दर्ता गर्न सक्नेछन् । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश

पहिरोले डुम्रे-बेँसीसहर र चामे सडक पुनः अवरुद्ध

लमजुङ । अविरल वर्षाले आएको पहिरोले गएरातिदेखि डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराे र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिराेले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो । वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनका

बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक । निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो । गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो ।

हवाई यात्रु बढे, ६ महिनामा २२ लाख ९० हजार यात्रुले उडान भरे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाखले उडान भरेका छन् । सन् २०२१ मा ४९ लाख यात्रुले हवाई उडान भरेका थिए । यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढी हो । सन् २०२२ को ६ महिना (जनवरीदेखि जुन) सम्म कुल २२ लाख ९० हजार आन्तरिक यात्रुले हवाई उडान भरेका छन् । अन्तर्राष्ट्रियमा भने १५ लाख १४ हजार यात्रुले उडान भरेका छन् ।