समाचार

झापामा ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

काठमाडाैं । झापामा ट्याक्टरको ठक्करबाट २० वर्षीय अख्तर अलीको मृत्यु भएको छ । झापा गाउँपालिका–३ कत्लामारीकोमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक अली गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ गइरहेको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको ट्याक्टरले बुधबार ठक्कर दिएको थियो । ट्याक्टर चालक फरार छन् । लाइसेन्स नभएकोले चालक फरार रहेको र खोजि भइरहेको प्रहरीले जनाएको छ ।  

सरकारले कुनै पनि सैन्य सम्झौता गर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले कुनै पनि सैन्य सम्झौता नगर्ने बताएका छन् । विहीबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा २१औं रितबहादुर खड्का स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले स्टेट पाटनरसिप प्रोग्राममामा हस्ताक्षर हुन लागेको भनेर गलत प्रचार गरिएको बताए । ‘राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो हिजोआज पनि एसपीपी सम्झौता भइ नै सक्यो रे भनेर प्रचार गरिदैछ । त्यो विल्कुल झुटो हो,’

नेपाल प्रहरीद्वारा एक अर्ब भन्दा वढीको लागुऔषधसहित सात जना विदेशी पक्राउ

काठमाडौैं । लागुऔषधसम्बन्धि अपराधको अनुसन्धानमा नेपाल प्रहरीले ऐतिहासिक सफलता पाएको छ । प्रहरीले एक अर्ब रुपैयाँ भन्दा धेरैको सेतो हेरोइनसहित सात जना विदेशीलाई पक्राउ गरेको छ ।   लागुऔषध नियन्त्रण ब्यूरोले दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिलालाई पक्राउ गरेको हो । उनीहरु पाँच वटा समूहमा आएका थिए । एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ ।   ब्यूरोले बिहीबार पत्रकार सम्मलेन गरी यो ठूलो सफलताको सार्वजनिक

भक्तपुरमा महिलाको शव भेटियो

भक्तपुर । भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । चाँगुनारायण नगरपालिका–२ दुवाकोटकी ४५ वर्षीय कल्पना गुरुङ बिहीबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । गुरुङ बिहान साढे ६ बजेतिर घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । मृतक गुरुङको शव पोष्टमार्टमका लागि दुवाकोटकै केएमसी अस्पतालमा पठाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ

छानविन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौं । कैदी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे छानबिन समितिले गृहमन्त्री बालकृष्ण खाणलाई मंगलबार प्रतिवेदन बुझाएको छ । मन्त्री खाणले प्रतिवेदनका समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन् ।   गृहमन्त्री खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन बुझ्दै घटनामा प्रतिवेदनले दोषी औल्याएकालाई कानुन अनुरुप कारबाहीको

आजबाट मतदाता नामावली दर्ता खुला

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । आयोगले बुधबार आजबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका र योग्यता पुगेका नेपाली नागरिकले नामावली दर्ता गर्न सक्नेछन् । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ । यसैगरी, आफ्नो

संसदमा एमालेको अवरोध बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बजेट बनाउँदा बाहिरी मानिसले राजश्वको दर हेरफेर गरेको पाइएको भन्दै एमालेका सांसदहरूले त्यसबारे सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग गरेको गर्दै बैठकमा विरोध गरेका थिए । एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए । यस्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । यसपछि सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते

सहसचिव सिंहको सचिव बढुवा सिफारिस अनुमोदन

काठमाडौं । निजामती प्रशासनमा रिक्त रहेको सचिव पदमा सहसचिव विनोद प्रकाश सिंहको बढुवा सिफारिस भएको छ । वरिष्ठताका आधारमा उनको सिफारिस भएको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठतम् सहसचिव सिंहको नाम सिफारिस गरेको हो । सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । सिंह हालका मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधु मरासनी तथा परराष्ट्रसचिव भरतराज पौड्यालकै सहपाठी हुन्

आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटायो

काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ । यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरेपनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो । तर अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो । क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेको जनाएको छ ।   कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको

फौजी किराले मकैबाली नष्ट कृषक चिन्तित

उदयपुर । ‌उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् । “मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न