समाचार

कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने नेपालीको संख्या १ करोड नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार कुल कूल १ करोड ९२ हजार १६४ जनाले कोरोना खोप लगाएका हुन् । मन्त्रालयको विवरण अनुसार पहिलो डोज लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ छ भने दुवै डोज लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेका छन् । सरकारले २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई

कक्षा १२ को परीक्षा भदौ ३० बाट हुने

काठमाडौं । कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन हुने भएको हो । सम्बन्धित विद्यालयमा नै परीक्षा हुने गरी बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३

कलाकार निशा घिमिरेको मृत्यु

काठमाण्डौ । कलाकार निशा घिमिरेको मृत्यु भएको छ। नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको हो। उनको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छोडेपछि उनको मृत्यु भएको हो।

सामाजिक सुरक्षा भत्ता लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले ३३ प्रतिशत बढाएर सामाजिक सुरक्षा भत्ता लागू गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको सामाजिक सुरक्षा भत्ता लागू गर्ने निर्णय गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यले संसदमा सामना गर्ने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदमा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य अल्पमतमा परेका छन् । अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिने बताएका हुन् । आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौँ भनेर आएका जनप्रतिनिधिहरुले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री आचार्यको विश्वास छ । एमालेबाट एकीकृत समाजवादीमा गएका सांसदहरूप्रति भने

भारतीय फुटबल टिम आज नेपाल आउदै

काठमाडौं । भारतीय फुटबल टिम आज (सोमबार) नेपाल आइपुग्ने भएको छ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टोली नेपाल आउने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतीय टिम सोमबार दिउँसो नेपाल आइपुग्ने जनाएको छ । भारतीय टिम दिउँसो ३ः४५ बजे काठमाडौं ओर्लने छ । भारतले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल भदौ १७ र २० मा हुनेछ । इन्डिया फुटबल फेडेरेसनले मैत्रीपूर्ण खेलका लागि

आजबाट कम वर्षा हुने

काठमाडौं । आजबाट पानी पर्नेक्रम केही कम हुने भएको छ । आजबाट क्रमशः पानी पर्नेक्रम विस्तारै कम हुँदै जाने मौसमविद् राजु प्रधनाङ् बताउँछन् । “पूर्णरुपमा पानी नपर्ने भन्ने त होइन तर आजबाट वर्षाको क्रम केही कम हुँदै जाने छ । भोलिबाट घाम पनि लाग्ने छ,” मौसमविद् प्रधानाङ् भन्छन्, “जुन प्रणालीले नेपालमा वर्षा भएको हो त्यो नेपालभन्दा धेरै तल रहेकाले अब विस्तारै वर्षा कम हुने हो ।” वर्षा कम भए पनी

अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी, विधुत सेवा अवरुद्ध

काठमाडौं । अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको बिबिसीले जनाएको छ। मौसमविद्हरूले आइडा अलिकति कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन्।तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएका छन्। दशौँ हजार

एमालेले कारवाही गरेका १४ सांसदको पद यथावत रहने

काठमाडौं । सभामुख अग्नि सापकोटाले एमालेले कारवाही गरेका १४ सांसदको पद नजाने बताएका छन् । निर्वाचन आयोगले एमालेका १४ सांसद नयाँ गठित पार्टीमा रहेको जानकारी संसदलाई गराइसकेको खण्डमा १४ सांसदको पद यथावत रहेको सभामुख सापकोटाले जानकारी दिएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभामुखबाट कारवाहीको लागि सिफारिस गरिएका १४ सांसद नयाँ दर्ता भएको पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेको भन्दै राजनीतिक दलसम्बन्धी ऐन तथा अन्य कुनै कानून अनुसार कारवाही गर्नुपर्ने

कालिकोटमा जिप दुर्घटना ११ जना घाइते

कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सान्नीत्रिवेणी गाउँपालिकाबाट जितेबजार आउँदै गरेको क १ ज २३ नम्बरको जिप दुर्घटना भएको स्थानीय हिम्मतबहादुर शाहीले जानकारी दिए । दुर्घटना परी घाइते भएकाहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका कालिकोटका प्रहरी निरीक्षक महेशबिक्रम शाहीले बताए । घाइतेको हेलिकोप्टरबाट उद्दार गर्ने तयारी भइरहेको जिल्ला प्रहरी