समाचार

गृहमन्त्री पदबाट बर्खास्त वादलको आजै पुनर्नियुक्ति हुदै

काठमाडौं । राष्ट्रियसभा सदस्यबाट बर्खास्त भएपछि गृहमन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै गृहमन्त्रीमै पुनर्नियुक्ति गर्दैछन् । उनलाई आजै साँझ ५ बजे सपथग्रहण गराउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि पार्टीले कारबाही गरी पदमुक्त गरेको थियो । माओवादीको लिखित पत्र पाएपछि संसद सचिवालयले आइीतबार विहान बादलको पदमुक्त भएको सूचना जारी गरेको थियो ।

थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट स्वत: पदमुक्त

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सांसद पदबाट बर्खास्त भएका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले (ओली समूह)मा प्रवेश गरेका कारण पार्टीले उनलाई कारबाही गरेपछि राष्ट्रियसभा सदस्य पद खारेज भएको हो । माओवादी केन्द्रले गत चैत २७ गते थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आइतबार सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो । सांसद पद खारेज भएसँगै थापा मन्त्रीबाट पनि पदमुक्त भएका

बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वदलीय बैठकमा सरकारलाई समर्थन कायमै राखेको नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड सहभागी नहुने उनको सचिवालयले जनाएको छ । ओलीले शुक्रवार प्रचण्डलाई टेलिफोन गरेर सर्वदलीय बैठकमा बोलाएका थिए । प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न आयोजित बैठकमा प्रचण्ड सहभागी नहुने बताइएको छ । कांग्रेस

कोटेश्वरमा प्रचण्ड र नेपाल समुहको छुट्टै छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । स्रोतका अनुसार माधम नेपाल विहान झापाबाट फर्किए लगत्तै कोटेश्वरको खरिबोट नजिक चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको हो । छलफलमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका प्रचण्डले एमालेबाट निलम्बित नेता नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । दृष्टि

काठमाडौँ उपत्यका र बाँके काेरोनाको हटस्पट बन्दै

काठमाडौं । काठमाडौँ उपत्यका र बाँके काेरोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा ९ सय जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३ सय ४८ जना संक्रमित भएका हुन् । काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार

सरकारलाई दिएको समर्थन तीन दिन भित्र फिर्ता लिन्छौ : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रले नयाँ सरकार गठन प्रक्रियालाई सहज बनाउनका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको हो । इमेज टेलिभिजनको कार्यक्रम हटसिटमा बोल्दै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई हाल कुनै पनि समर्थन नदिएको र व्याहवारिक रूपमा दिइएको समर्थन पनि तीन दिन भित्र फिर्ता लिने तयारी अघि बढाएको बताए । यस्तै, उनले नयाँ सरकारको विषयमा जनता समाजवादी पार्टीको आधिकारिक

केही दिनभित्रै सरकारलाई समर्थन गर्ने जासपा को तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । बिहीबार बालुवाटारमा बसेको एमाले र जसपा कार्यदलको बैठकमा जसपाले दुई तीन दिन भित्रै सरकारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको हो । कार्यदलको छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा गरिरहेको कार्यको बारेमा ब्रिफिङ’ भएको थियो । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको

बाटो बन्द गर्न टाँगिएको डोरीमा अल्झिएर इन्सपेक्टरको मृत्यु

विराटनगर । सडक पिच गर्न टाँगिएको डोरीमा अल्झिएर घाइते भएका निलम्बित प्रहरी निरीक्षकको मृत्यु भएको छ। चार दिनअघि घाइते भएका विराटनगर-१३ घर भएका प्रहरी निरीक्षक ५५ वर्षीय महावीर यादवको उपचारका क्रममा विराटनगरमा बिहीबार बिहान मृत्यु भएको हो। विराटनगर-१३ को नहरछेउस्थित निर्माणाधीन सडकमा टाँगिएको डोरीमा अल्झिएर उनी मोटरसाइकलसहित लडेका थिए। प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उनी सवार को१प ६७३८ नम्बरको मोटरसाइकल डोरीमा अल्झिँदा दुर्घटना भएको थियो। दुर्घटनाबाट गम्भीर घाइते भएका यादवको

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, सह-चालक घाइते

झापा । एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ । झापा दूधेस्थित पूर्वपश्चिम राजमार्गमा बा२१च ७९८४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परि सह–चालक गम्भिर घाइते भएका छन्। चालक गोदावरी नगरपालिका–७ देविचौर निवासी चालक उत्सव घिमिरेको मृत्यु भएको हो। एम्बुलेन्समा सवार देविचौरकै अर्का युवक सन्तोष तामाङ गम्भिर घाइते भएका छन्। एम्बुलेन्समा सवार त्यसै ठाउँका २० वर्षी तामाङलाई बिएन्सी अस्पताल बिर्तामोडमा लगिएको प्रहरीले जानकारी दिएको छ। एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुदै

वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । भोलि शुक्रबारसम्म अविश्वास प्रस्ताव ल्याउने तयारी छ । लुम्बिनीमा दलहरुबीच आन्तरिक छलफल निकै तीव्र भएको एक नेताले जानकारी दिए । उनका अनुसार कांग्रेसँग केन्द्रमा नै यस विषयमा सहमति भइसकेको छ । कांग्रेसले गण्डकी र माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउनेगरी सहमति जुटेको स्रोत बताउँछ । लुम्बिनी प्रदेशमा एमालेका मात्रै ४१