समाचार

बलिउड अभिनेता फराज खानको निधन

काठमाडौं – बलिउडका चर्चित अभिनेता फराज खानको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका फराजको बैंगलुरुको एक अस्पतालमा उपचार भइरहेको थियो । ४६ बर्षिय फराज खानको निधन भएको बारे पूजा भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । स्वास्थ्यमा समस्या बढेपछि पछिल्लो केहि दिनदेखी उनलाई न्युरोलोजिकल डिसअडरका कारण भेन्टिलेटरमा राखिएको थियो। आर्थिक अवस्था कमजो भएका फराजलाई उपचारको लागी सलमान खानले सहयोग गरेका थिए । उनको निधनले बलिउड अहिले शोकमा डुबेको

चलचित्र 'कृष्णलीला' मा दीपिकाको स्थानमा आइन् श्रद्धा

काठमाडौं – ‘पण्डित बाजेको लौरी’ चलचित्र निर्देशन गरेका दीपक ओलीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कृष्ण लीला’ मा अभिनेत्री श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन्। उनी अभिनेत्री दीपिका प्रसाईंको स्थानमा आएकी हुन् । पहिले यस चलचित्रमा अभिनेत्री दीपिका प्रसाईंको अभिनय रहने बताइएको थियो । तर प्रसाईंले स्वास्थ्यको कारण देखाउँदै चलचित्रबाट हात झिकेपछि उनको स्थानमा श्रद्धालाई अनुबन्ध गरिएको हो । दीपिका केही समयदेखि थाइराइड र माइग्रेनको समस्याले पीडित रहेको बताइएको छ । अब

अस्ट्रियाको भिएनामा ‘आतङ्कवादी’ हमला

बीबीसी।  अस्ट्रियाको राजधानी भिएनास्थित प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा दुईजना मारिएको पुष्टि भएको छ र अन्य १४ जना घाइते भएका छन्। एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ। राइफलसहित आएका व्यक्तिहरूले छवटा फरक स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ। प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको अनलाइनमा पोस्ट गरिएको भिडिओमा देखिन्छ। घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा “घृणित आतङ्कवादी हमला” भनेका छन्। सुरक्षा जाँच एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ

बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।  सोमबार स्थिर रहेको सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले  बढेको हो । सोमबार प्रतितोला ९५  हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य

चलचित्र 'छक्का पन्जा' समुहबाट जितु नेपाल बाहिरिए

काठमाडौं : हिट चलचित्र श्रृंखला ‘छक्का पन्जा’ समुहबाट कलाकार जितु नेपाल अलग भएका छन् । दशैँ अघि चलचित्र ‘छ माया छपक्कै’ टिमको भेटघाटसँगै यो कुरा बाहिरिएको हो । उक्त भेटघाटमा जितु भने उपस्थित थिएनन् । सोही भेटघाटसँगै ‘छक्का पन्जा’ टिमले अनौपचारिकरुपमा ‘छ माया छपक्कै २ ‘ निर्माण गर्ने घोषणा गरिसकेको छ । तर कलाकारहरु को को हुन्छन् या हुँदैनन् भन्ने बिषयमा केहि खुलाएका छैन । छक्का पन्जा टिमसँग अलग भएको

कोरोना संक्रमणका कारण कांग्रेस महासमिति सदस्यको निधन

काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमित ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो । बारा आदर्शकोटवाल गाउँपालिका टेढाकटी घर भएका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षण गरिएकोमा शनिवार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनको निधन प्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।

गैंडाले लियो मुखियाको ज्यान

चितवन – पूर्वी नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा देवचुली नगरपालिका १७ कुलेनीका ६५ वर्षीय जंगिलाल मुखिया रहेका छन् । उनलाई आइतबार विहान चितवन राष्ट्रिय निकुञ्जवाट आएको गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणमा परेका उनलाई छिमेकिहरुले उद्दार गरेका थिए । घाइते भएका उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तोक्यो कोरोनाको उपचार खर्च

काठमाडौँ । सरकारले कोभिड-१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड-१९ का सङ्क्रमितलाई उपचार गर्नका लागि उपचार खर्च तोकेको हो । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सरकारले नै उपचार खर्च नदिएपछि संस्था चलाउनका लागि सङ्क्रमितको लागि उपचार खर्च तोकिएको बताउनुभयो । “पहिले सरकारले नै उपचार खर्च दिने गरेको थियो र हामीले

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच  भेटवार्ता भएको छ । शनिवार प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ । ११ दिनदेखि दुई अध्यक्षबीच बोलचाल बन्द रहेको थियो । केहि दिनअघिदेखि नियमितजसो बालुवाटार धाइरहने प्रचण्डले ओलीसँग छलफल गर्न कुनै चासो नदेखाएको बुझिएको थियो । तर आज भने प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहिबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहिबारदेखि प्रशिक्षण सुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो