समाचार

सुन तस्करी प्रकरण: महरालाई सीआईबी कार्यालय पुर्याइयो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को कार्यालयमा पुर्याइएको छ ।  पूर्वसभामुख समेत रहेका उनलाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि सोही अनुसार प्रहरीले महरालाई पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ । सीआईबीले महरासँग यसअघि पनि बयान लिएको थियो

युक्रेनले सार्वजनिक गर्यो ५ नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनी सेनाले बन्दक बनाइएका ५ नेपालीसहित ८ जना विदेशी सैनिकलाई सार्वजनिक गरेको छ । रुसी सेनामा भती भई युक्रेनसँग युद्ध लड्न पुगे राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछानेलाई युक्रेनले बन्दी बनाएको थियो । युक्रेनी सेनाले सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक–एकजना सोमालिया र सियरालियोनाका नागरिक

सर्लाहीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्र्याक्टर चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको हो । खेतमा काम गरेर फर्किने क्रममा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा आइतबार साँझ ट्याक्र पल्टिएको थियो ।  दुर्घटनाको बेला ट्र्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव पनि ट्याक्टरमै थिए । उनी भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय

नर्स चन्द्रिकाको हत्यापछि प्रेमीले गरे आत्महत्या

मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्वप्रेमीले गरेको खुलेको छ । प्रेममा धोका पाएपछि चन्द्रिकाको हत्या गरी प्रेमी शिवशंकर दासले पनि आत्महत्या गरेका छन् । शिवशंकर दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् । चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटरनजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशंकर दास झुन्डिएको अवस्थामा फेला परेका थिए । नर्स चन्द्रिका विराटनगर–४

सुरु भयो होली पर्व

काठमाडौं । काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजदेखि होली पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु पर्व अर्थात् होली सुरु भएको मानिन्छ । आइतबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याउँदै एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिए । आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर

रास्वपाले गर्यो पाँच निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेको साधारण सदस्यतासमेत खारेज गर्न सकिने निर्णय गरेको छ । आइतबार बसेको रास्वापाका ४ मन्त्री तथा उपसभापति डा.स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सासंद शिशिर खनालबीचको बैठकले विभिन्न पाँच वटा विषयमा गरेको निर्णय गरेको छ । जसमा अनुचित काम गर्नेको सदस्यता समेत खारेज गर्न सकिने उल्लेख छ । रास्वपाका महामन्त्री ढकालका अनुसार अब प्रत्येक आइतबार रास्वका चारमन्त्री र तीन

आगलागीमा परी भोजपुरमा तीन बालबालिकाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी दलकुमार राईका आँगनमा खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोमा परेका थिए ।

मधेस प्रदेश समन्वय परिषद कतारद्वारा वृहत्  ईफतार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : मधेश प्रदेश समन्वय परिषद कतारले वृहत् ईफतार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान पर्वको अवसरमा मधेश प्रदेश समन्वय परिषद कतारले शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै वृहत ईफतार कार्यक्रमसहित रमजान करिम कार्यक्रम सम्पन्न गरेको हो । मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेखको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न

दुई एआइजीको सरूवा, सीआईबी प्रमुखमा ज्ञवाली

काठमाडौं । मन्त्रिपरिषदको शुक्रबारको बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सरूवा गरिएको छ । साथै सिआइबी प्रमुख रहेका एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय भएको उनले जानकारी दिए । सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान

सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत दुई जना डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । डीएसपीहरु रुगमबहादुर कुँवर र दुर्गा दाहाललाई प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।  सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरूमाथि ६० किलो र भेपमार्फत भएको सुन तस्करीमा त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको जाँचबुझ निष्कर्ष छ । सुनमा संलग्नहरूसँग