समाचार

इजरायलमा ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

काठमाडौं । इजरायल युद्धमा हालसम्म कम्तीमा ११ सय जनाको मृत्यु भएको छ । चरमपन्थी समूह हमासको आक्रमणमा परेर ७०० इजरायली र इजरायली सेनाको आक्रमणबाट ४०० प्यालेस्टिनीको मृत्यु भएको हो । शनिबार जमिन, अकास र समुद्रबाट एकैसाथ हमासले अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो । इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण ठानिएको छ । आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासविरुद्ध युद्ध लडिरहेको घोषणा गर्दै निमिट्यान्न पारिने चेतावनी दिएका छन्

सशस्त्रले दशैं तिहारमा निःशुल्क २ वटा बस सञ्चालन गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ ।  चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ,

दशैमा घर जाने यात्रुमा उत्साह,बसपार्कमा बिहानैदेखी लाइन

काठमाडौँ । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो । टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कस्थित टिकट काउन्टरमा लामो लाइन देखिएको छ । दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ

इजरायलबाट फर्किन चाहने नेपालीलाई सरकारले ल्याउने

काठमाडौं । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ । त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागेको इजरालयस्थित नेपाली दूतावासले जनाएको छ । शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो । मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यस्तै दूतावासले घाइते ४ जनाको

दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आज सोमबारदेखि खुल्ला हुँदैछ । दशै सुरु हुन एक साता बाँकी हुँदा लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला भएको हो । यसवर्ष दशैंमा भाडा बृद्धि नहुने भएको छ । भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् । काठमाडौं उपत्यकाबाट दशैंको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ । यात्रुलाई

चीनको सिसापाङ्माको हिमपहिरोमा १ नेपालीसहित २ जनाको मृत्यु, विश्व कीर्तिमानी आरोही तेन्जेन वेपत्ता

चीनको तिब्बतमा रहेको सिसापाङ् हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । यस्तै नेपालका विश्व कीर्तिमानी आरोही तेन्जेन लामा र एक जना अमेरिकी महिला आरोही बेपत्ता भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तेन्जेन लामाले गएको साउनमा ९२ दिनमै विश्वका अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बताएका थिए

चाडपर्व नजिकिए संगै बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

नेपालगञ्ज । नेपालगञ्ज बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरेका हुन । सहायता कक्षको उद्घाटनमा ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, गलत क्रियाकलाप तथा प्रतिक्रियाहरु हुन नदिनका लागि सहायता कक्ष स्थापना गरिएको बताए । कार्यक्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक

अफगानिस्तानमा शक्तिशाली भूकम्प,सय जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार मध्याह्न हेरातबाट करिब ४० किलोमिटर उत्तर–पश्चिममा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।  भूकम्पमा परि १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् । घाइतेहरुको खोज र उद्धार भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । त्यस्तै मृतकको संख्या पनि बढ्न सक्ने अनुमान

तुइनको डोरी चुडिँदा ३८ वर्षीय मक्करसिंह कर्णाली नदीमा खसे

हुम्ला । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने

आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

काठमाडौँ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् ।  चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग,