समाचार

गाडीको ठक्करबाट सशस्त्र प्रहरी नायव निरीक्षकको रहस्यमय मृत्यु

सिराहा : अवैध मदिरा नियन्त्रणमा लिन मध्यरातमा बोर्डरमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण यादवको हत्या भएको छ । नेपालबाट भारततर्फ अवैध मदिरा तस्करी निकासी गर्ने तस्करको स्कारपियो गाडीले भारतीय सीमा नजिकै सिरहाको बरियारपट्टी गाउँपालिका पाँच कचनारी गाउँमा यादवलाई ठक्कर दिएको थियो । शनिवार अन्दाजी राति १२ बजेतिर भारततर्फ हुकिएर जाँदै गरेको स्कारपियोलाई चेकजाँच गर्ने उद्देश्यले सई यादवले रोक्न खोज्दा उक्त गाडीले किचेर भारततर्फ भागेको नाम उल्लेख नगर्ने शर्तमा एक

कीर्तिपुरमा६६ प्रतिशत भोट खस्यो

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको उपचुनावमा मतदानपछि मतपेटिका संकलन भइरहेको छ । ६६ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक तथ्यांक आएको छ । मुख्य निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार मतपेटिका संकलनको काम सकिएपछि मतगणना आजै सुरु हुने छ । ३८ वटै मतदान केन्द्रबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर आजैबाट मतगणना थालिने निर्वाचन अधिकृत इन्दिरा कार्कीले बताइन् ।

'लुम्बिनी कप महिला फुटवल' नेपालगन्जमा हुँदै

नेपालगन्ज : आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटवल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो । नेपाली राष्ट्रिय महिला फुटवल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नु भएको छ ।लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध , महिला फुटवल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको

फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटवल हुने

नेपालगंज : आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटवल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो । नेपाली राष्ट्रिय महिला फुटवल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नु भएको छ । लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध , महिला फुटवल खेलाडीको आकृति र नेपाली राष्ट्रिय

'फेसियल हाउस' : नेपालगन्ज शाखाको गरियो ग्राण्ड ओपनिङ

नेपालगन्ज : व्यूटी सेलुन ‘फेसियल हाउस’को नयाँ शाखा नेपालगन्जमा विस्तार भएको छ। शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीद्वारा ‘फेसियल हाउस’ नेपालगन्जको उद्घाटन गरिएको हो। उद्घाटन पश्चात् धामीले फेसियल हाउसको अवलोकन गर्दै सेवासमेत लिएका थिए। यसरी नेपालगन्जमा गुणस्तरीय फेसियल हाउस खुल्नुमा समग्र नेपालगन्जबासीको लागि राम्रो भएको पनि उनले बताए। नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै

पत्रकार कृष्णराज अधिकारी सम्मानित

नेपालगन्ज : लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार कृष्णराज अधिकारी सम्मानित भएका छन्। शनिबार नेपालगन्जको सिटी प्यालेसमा सम्पन्न ‘नेपालगन्ज उद्योग वाणिज्य संगको ३२ र ३३ औं वार्षिक साधारणसभाको अवसरमा पत्रकार अधिकारी सम्मानित भएका हुन्। नेपालगन्जमा रहेर पत्रकारिताको माध्यमबाट बाँकेको आर्थिक, सामाजिक एवम् पर्यटकीय क्षेत्रमा उच्च योगदान पुर्‍याएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले उनलाई माला, सम्मान पत्र र दोसल्लासहित सम्मान गरेको हो। सम्मानले आफूलाई झन् पत्रकारितामा दृढ भई निष्पक्ष तवरले अघि बढ्ने

विश्व म्याराथन मञ्चमा नेपालको प्रभावशाली दाबेदारी

काठमाण्डौं । विश्व म्याराथन मञ्चमा नेपालको दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयोजनाको अवसर गुमाउन पुगेको छ । विश्व म्याराथनको साझा संस्था एसो सियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को २५ औ वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयाे ।भियतनामकाे हनाेइमा जारी २४

आदर्श युवा सञ्जालद्धारा समाजसेवी थापा सम्मानित

नेपालगन्ज : बाँकेको खजुरामा क्रियाशिल संस्था आदर्श युवा सञ्जालले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार एक समारोहको आयोजना गर्दै सञ्जालले विभिन्न गतिविधि गर्दै साधारण सभा सम्पन्न गरेको हो । सञ्जालका अध्यक्ष कल्पना तामाङको अध्यक्षतामा भएको वार्षिक साधारण सभा कार्यक्रममा बोल्ने अधिकांशले सामाजिक कार्यमा अतुलनिय कार्य गर्न सफल बनेको भन्दै धन्यबाद ज्ञापन गरे । साधारण सभाले समाजसेवी लिल बहादुर थापालाई दोसल्ला, माला र सम्मान पत्रले सम्मान गरेको

गौघाट ग्रीन रनको उपाधि विजय र विनिसालाई

नेपालगंज । पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयोजित गौघाट ग्रीन रन रोड रेसमा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका  विनिसा एलजीले उपाधि जितेका छन् । शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविकका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय भए ।छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दोस्रो र जनताकै ऋतु बिष्ट तृतीय भए । धारा नेपालगन्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ‘दस बर्षमा दस

तिहारको अवसरमा कतारमा रहेका नेपालीले गरे रक्तदान

दर्शन सुनार/कतार : कतारमा “बृहत् रक्तदान कार्यक्रम” सम्पन्न भएको छ। “हाम्रो बिश्वब्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ नेपालीहरुको राष्ट्रिय चाडहरु वडा दशैँ,शुभ दिपावली,नेपाल संवत् र छठ पर्वको अवसर पारेर नेपाली रक्तदाता संघ,कतारको आयोजनामा शुक्रबार “बृहत् रक्तदान कार्यक्रम” सम्पन्न भएको हो । कतारको अलसाद स्थित हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा ४३जनाको उपस्थिति रहेको थियो। रक्तदान गर्नका लागी २४ जनाले रजिष्ट्रेसन गरेका थिए। जस मध्य १६ जनाले रक्तदान