अवधि नपुग्दै डिआइजी सरुवाको अन्तिम तयारी
काठमाण्डौं: गृहमन्त्रालयले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआइजी) सरुवा गर्ने तयारी गरेको छ । सरुवाका लागि प्रहरी प्रधानकार्यालयलाई टिप्पणी उठाएर गृह ल्याउनसमेत भनिएको छ । सरुवाको अवधि नपुग्दै कार्यक्षेत्रमा रहेका डिआइजीहरुलाई सरुवा गर्न लागिएको हो । पाँच वटा प्रदेशमा कार्यरत डीआईजीको कार्यावधि ९ महिना पुगेको छ । गण्डकी प्रदेशका डीआईजी बुद्धिराज गुरुङ र कर्णाली प्रदेशका डीआईजी भीमप्रसाद ढकालबाहेक अन्यको कार्यावधि ९ महिना मात्रै भएको हो । गृहको निर्देशनमा आईजीपी वसन्त कुँवरले