सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
सुर्खेत। मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरी रहेकाको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कर्णाली केयर अस्पतालमा लिइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले आफन्तहरूले वीरेन्द्रनगरको