समाज

कास्की आदर्श समाज कतारले स्थापना दिवसमा स्मारिका बिमोचन गर्ने

दर्शन सुनार/ कतार । कास्की आदर्श समाज कतारले आफ्नो स्थापना दिवस आगामी शुक्रबार मनाउने भएको छ । आफ्नो “२२ औ स्थापना दिवसको अवसर पारेर स्मारिका बिमोचन कार्यक्रम २०२४ समेत गर्ने समाजका अध्यक्ष अग्निधर देवकोटाले जानकारी दिए । २६ जुलाई शुक्रबारका दिन  १२ बजे प्लाजा मलमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संस्थाहरु,सामाजिक संघ सस्था, प्रदेश समन्वय जिल्ला संस्थाहरु, कलाकार,पत्रकार,बुद्धिजीवी ब्यवसायी समाजसेवीहरुलाई कार्यक्रममा उपस्थितहुन अनुरोध समेत गरेको छ

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली राजमार्गमा आवतजावत ठप्प

दैलेख । भारी वर्षाको कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो । गएरातिदेखी कर्णालीमा भारी वर्षा हुंदा आएको बाढी र पहिरोले दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।दहीखोला र कालिखोलाबाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा पनि ५ स्थानमा सडक अवरुद्ध

लमजुङमा पहिरोले ३ घर बगाउदा ४ जना बेपता

लमजुङ । अविरल वर्षापछि आएको बाढी र पहिरोले लमजुङमा घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको उनले बताए । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए । उनका अनुसार उद्धारका लागि नेपाल आर्मी,

बाँके प्रहरीको सफलता,एक महिनामा १ करोड बढीको सामान बरामद

बाँके । ईच्छा शक्ति र ईमान्दारिता भयो भने केही पनी असम्भव छैन भन्ने कुरा केही महिनाअघी मात्र जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले प्रमाणित गरिदिएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालिन कार्यालय प्रमुखले गर्न नसकेको काम बर्तमान एसपीले दुई महिना नपुग्दै गरिदिएका छन ।चोरी,डकैती,अपराध नियन्त्रण र खबर संकलनकालागी खटिएका प्रहरीहरुको गोपनियता र इमान्दारीताका कारण एसपी कार्कीले बाँकेको कमाण्ड सम्हाले लगत्तै

दार्चुलामा बिहानै भूकम्पको धक्का 

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ५ः ५० बजेको समय जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो । पछिललो समय पश्चिम नेपालका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर बेला बेला भूकम्प जाने गरेको छ ।

मनसुन सक्रिय बन्दै, गण्डकीमा भारी वर्षा

काठमाडौँ । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म फैलिएको छ । देशका बाँकी भूभागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्य सफा रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

काठमाडौं । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध नेपाल एक रनले पराजित भएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । याे हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । शनिबार बिहान वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९

काठमाण्डौं जादै गरेको बस रुपन्देहीको सैना मैनामा दुर्घटना, ४३ जना घाइते

बुटवल । रुपन्देहीको सैनामैनामा बस दुर्घटना हुँदा  ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका थिए। घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित ९ जनाको मृत्यु

एजेन्सी । मलावीका उपराष्ट्रपति सालोस चीलीमाको विमान दुर्घटनामा मृत्यु भएको छ । उपराष्ट्रपति चीलीमासहित ९ जनाको विमान दुर्घटनामा मृत्यु भएको हो । चीलीमासहित विमानमा सवार कोही पनि जिवित नभेटेको मलावीका राष्ट्रपति लजारस चकवेराले पुष्टि गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार चीलीमा सवार विमान उडान भरेको केही बेरमै सम्पर्कबिहीन भएको थियो । विमानमा उपराष्ट्रपतिसहित अन्य ९ जना सवार थिए । विमानमा सवार कोही पनि जिवित फेला नपरेको बताइएको छ ।

मोटरसाइकल दुर्घटनामा दुई प्रहरीको मृत्यु

सिन्धुली : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी धनुषा कमला नगरपालिका-९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रविन्द्र कुमार ठाकुर र तनहुँको भिमाद नगरपालिका-७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । फिक्कल गाउँपालिका वडा नम्बर-५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै प्रहरी चौकीतर्फ फर्कने क्रममा प्रहरी