स्वास्थ्य कर्मीलाई सवैले सम्मान र हौसला प्रदान गर्नुपर्छ: अध्यक्ष मल्ल
नेपालगंज । दशैं तिहार, चाड पर्व, गाह्रो अफ्ठ्यरो नभनि नागरिकको स्वास्थ्य उपचार सेवामा समर्पित स्वास्थ्य कर्मीको महान कार्यलाई सवैले सम्मान र हौसला प्रदान गर्नुपर्ने शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीका अध्यक्ष टेकेन्द्र मल्लले वताए । शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समिती खजुराले शुक्रबार विजया दशमी,शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष मल्लले उक्त कुरा वताएका हुन । अस्पताल