साहित्य

माग्नेको हातमा सुनको कचौरा

कतै खुइलिए खुइलिएझैँ लाग्ने अद्भुत, बिल्कुल प्राचीन एउटा सानो कचौरा बोक्न छाड्दैन माग्ने मरे पनि दोबाटोमै तयार, तर माग्न छाड्दैन माग्ने स्वाभिमानलाई थुक्क थुकेर इतिहास जलाई वर्तमान खोज्दा, आफ्नै नाम जान्दैन माग्ने जान्दछ त केवल माग्न कचौरा ठोक्दै माग्न रातो रङ पोतेर रोगीको अभिनय गर्न औँलाहरू अंकुशे काँडाझैँ बनाउनमुख बंग्याउँदै पक्षघाती बन्नदिनदिनै माग्ने दिवस मनाउनजयजयको लयमा माग्ने महिमा गाउन कठै ! खप्पिस छ माग्ने पहेँला दाँत देखाउन दिनदिनै माग्ने मोटाउँदै छ, तर कचौरा सुक्दै छ म उसलाई हेरिरहन्छु, ऊ मलाई सत्रु

रातमा जहाज चढेको सपना देख्छु म !

`विदेश जान्नँ आमा´भनिरहेकाे हुन्छु म`तँ जानै पर्छ बाबु´भनिरहनुहुन्छ आमा दिउँसै जहाज चढेकाे सपना देख्नुहुन्छ आमारातमा जहाज चढेकाे सपना देख्छु मसाईलाका छाेराले घर बनाईसकेमाईलाका छाेराले खेत किनीसकेजेठाका छाेराले बुबा आमा उतै लगेतँ भने यत्तिकै बस्गुनासाे आईरहन्छ आमाकाेअनि प्रश्न गर्नु हुन्छतँ पढेर के गरिस् ?तेरा संगी नपढे पनि कति गरे !म नतमस्तक हुन्छु, नाजवाफ हुन्छुअनि आफूले आफैलाई प्रश्न गर्छुतँले पढेर के गरिस् ?संगै पढ्दा तीन पटक फेल हुनेहरूकार चढेर हिडेका छन् आजकक्षामा

आऊ, आज बिदा मनाऊँ

कविता चर्का कुरा गरेरपरिवर्तनका गफ लाउँदैमा बित्ने दैनिकी अरूको आलोचनाबुका आश्वासनखोक्रा उपदेश दिँदैमाबित्ने मास बेकामे भईसिद्धान्तका ठेलीकोफिरिस्त लगाउँदैमाबित्ने वर्षहरूमा  परिवर्तनका खातिरअनाहकमा गुमाएकाहजारौँ जीवनकोहिसाबकिताब गर्न कहाँ भ्यायौ र !त्यसैले आऊ, आज बिदा मनाऊँ  शासनका अकर्मण्यतागुमनाम भविष्यव्यर्थमा लुटिएका लाखौँ खुसीको लेखाजोखा गर्नकै लागि फुर्सदिलो कहिले भयौ र !त्यही भएरआज ती जीवन कुर्बानीकोमतलब खोजौँती जीवन गुमाउन लगाउँदाकाप्रतिबद्धता खोजौँलुटिएका सिन्दूरको मर्म बुझौँखोसिएको सहाराको दुःख सम्झिऊँगुमेको विगतको दारुण चित्र हेरौँत्यसकै लागि भए पनिआऊ, आज बिदा मनाऊँ । सुरेश जोशी

ललन सिंह भण्डारी ‘सुमित’ का दुई गजल

गजल-१ टेन्सन थियो र आज पिएर आएखल्तिको पैसा भट्टिमा दिएर आए पिइरहे पिइरहे पिउदा पिउदैं थाके जवफेरी पनी हातमा बोत्तल लिएर आए हान्न त हानेउ तिमीले नजरको तिरलेलाग्यो तिर मुटुमा फेरी जिएर आए तिमिले मलाई छोडेदेखी बोत्तल नै भयो मेरो साथी,च्यात्तिएको मुटुपनी आज फेरी सिएर आए । गजल- २ पिऊंदिन भन्थे तानी तानी पिलायौं तिमीले,हजारौंको भिडमा छानी छानी पिलायौं तिमीले त्यसैले त आज पिऊने मेरो बानी भयोहो साच्चै भन्छु जानी

मुकुन्द पौडेलका पाँच मुक्तक

१.    थाहा छैन कस्तो हो यो, बाटो जिन्दगीको कहिले दुःख कहिले सुख, पाटो जिन्दगीको एकातिर पुर्दै गयो, अर्कोतिर खाल्डो जति भरौँ झन् गहिरो, खाटो जिन्दगीको ।   २.आज काम नगर्नेले, भन्ने त हो भोलि  भोलि पनि उस्तै त हो, आउँछ अर्को भोलि भोलि भोलि भन्ने यहाँ, पुरानै हो चलन यसैगरी दिन बित्छन्, आउँदैन त्यो भोलि ।  ३.जति सक्यो झेल गर्ने, खेल राजनीति हो स्वार्थ मिल्दा मेल गर्ने, झेल राजनीति होशत्रु मित्रु हुन्नन् फरक, सबै बराबरीझेलभित्र मेल

कथा

कथा काल्पनिक हुन्छ । लेखकले कथालाई कल्पनाभित्र पनि सत्य र यथार्थपरक बनाउन कलात्मक रूपमा प्रस्तुत गर्न चाहन्छ । कल्पना र कलाको प्रयोगले कथा रोचक बन्छ । यो मुलुकले भोगेका र जनजनको दैनिकीलाई सादृश्य गरेका धेरै कथा कल्पना पनि होइनन् र कलात्मक पनि होइनन् । यस्ता कथा स्वस्फूर्त रूपमा यसरी बगेका छन् कि कल्पना गर्नेले कल्पना गर्न सक्दैन र कलात्मक बनाउने कला भर्न सक्दैन । आफैँमा कारुणिक र मर्मस्पर्शी कथा सत्य

रहस्य कतिकति

टहटह जून लागेको रात । हरिशरण शौचालयबाट निस्किएर घरतर्फ लम्कियो । शौचालय र घरको दूरीबीच चोया बाँसको झ्याङ थियो । बाँसको झ्याङ दायाँ भएर घरको बाटो आँगनतिर उक्लिन्थ्यो । हरिशरण ठ्याक्कै बाँसको झ्याङमा के आइपुगेको थियो, माथि आकाशतिरबाट अनौठो खोला सुसाएको जस्तो स्याँ… आवाज आयो । उसले आकाशतिर हेर्यो । जूनको उज्यालोमा भुईंतिर नुहेका बाँसका टुप्पाहरू र ससाना पातहरू बिनाबतासै हल्लिरहेका थिए ! हरिशरणको सातो जान पनि पाएको थिएन कि

आफ्नोजस्तो नभएको आफ्नो देश

साहित्य एक हुल रहरहरूआज पनि साइत सार्दै थिएसपनाको भूगोलतिर मनहरू अड्याएरआफ्नो देश आफ्नोजस्तो भएन मनमनै गरेको कुरा यता प्रस्टै सुनिन्थ्यो भीडमा तर, सुन्नुपर्नेले सुन्दैनथ्यो । आँखाका डिलमा उभिएका  आशाका दानाहरू एक–एक गरेर खस्दै थिए टिप्दै थिए आफन्तहरू फाँदमा लस्कर हिजोजस्तै थियो आज पनि आफ्नो देशआफ्नोजस्तो भएनभुईंमा असरल्ल आवाजहरू  कानसम्म पुग्नुपर्थ्यो कसैकोतर, पुगेन कसैगरी । हिउँदमा मात्र साइबेरियाबाट चराहरू यता झर्छन् जाडो सकिएपछि फर्कन्छन् आफ्नैमा त्यति पनि छुट छैन हामीलाई  चहराउँदै गरेका बाह्रमासे घाउहरू  आफ्नो देश आफ्नोजस्तो भएन आर्तनाद गर्दै थिए

ढाकामोहन बरालको नयाँ पुल र नयाँ वर्ष

नयाँ पुल“बाबा, उताको पुलबाट किन कुनै पनि गाडीहरू नहिँडेर यो साँघुरो पुलबाट मात्रै हिँडेको ?,” छोरोले सोध्यो । “पुलको काम बाँकी छ होला,” मैले अनुमान लगाउँदै छोरालाई जवाफ दिएँ । बसमा सँगै बसेको एकजना भाइले भन्यो, “सुरुबाट नै गुणस्तर र मापदण्ड नपुर्याएको भनी विशेषज्ञले भन्दा भन्दै ठेकेदारको मुढे पेलाइले बनाएको हो ।” “कसरी जबरजस्ती बनाएछ त ?,” मलाई पनि जिज्ञासा लाग्यो । “पुलको काम सक्दा नसक्दै मन्त्री हौँला र बिल

विटु केसीको गजल

गजल निको पार्ने औषधि मागेको छ आजकलअचम्मको रोगले दागेको छ आजकल जति समाउन खोज्छु उति फुस्किरहन्छआफैबाटै केही चिज भागेको छ आजकल जब आफ्नैका अनुहारहरू बदलिँदै गएऐना हेर्न असाध्य डर लागेको छ आजकल सकेसम्म खोजे तिनको मनभित्र कतिअपनत्व त भित्तामा टाँगेको छ आजकल यो जीवन मिथ्या, जगत सारा भ्रम लाग्छअवचेतन मन कतै जागेको छ आजकल(विटु के.सी.-अमेरिका)