कोराना स‌कंमीत वढदै एकैदिन थप १६६ जनामा कोरोना संक्रमण



  • पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका हुने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र ४ महिलामा संक्रमण देखिएको पनि बताए । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेका छन । प्रवक्ता देवकोटाका अनुसार हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६९ हजार ५८२ वटा नमुना परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ८५३ वटा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख १९ हजार १९२ जना रहेको पनि उनले जानकारी दिए । आज थप एकजना कोरोना संक्रमित निको भएर घर गएका छन् । कोरोना निको हुनेको संख्या २२० पुगेको छ भने मृत्यु हनेको संख्या दुई वर्षिया वालिका सहित ८ पुगेको छ

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *