निमोनियाकी विरामी दुई वर्षिया वालिकाको कोरोनाले मृत्यु


  • निमोनियाकी विरामी दुई वर्षिया वालिकाको कोरोनाले मृत्यु

    भवानी रेग्मी धनगडी १८ जेठ । वाजुराकी दुइ वर्षिया वालिकाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको पुष्टिसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । डा. बिकका अनुसार अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया थियो । बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *