बरिष्ट कलाकार जयनेन्द्रकाे ८१ वर्षाकाे उमेरमा निधन


  • बरिष्ट कलाकार जयनेन्द्रकाे ८१ वर्षाकाे उमेरमा निधन

    राम सापकाेटा काठमाण्डाै १९ जेठ । कलाकार जयनेन्द्र चन्द ठकुरीको ८१ वर्षको उमेरमा आइतबार दिउसाे निधन भएको छ । ठकुरीको अाइतवार बिहान ११ बजेर २० मिनेटमा आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । कलाकार ठकुरीले लामाे समय नेपली चलचित्र क्षेत्रमा ठुलाे याेगदान दिएकाे चलिचत्र निरर्माता तथा निर्देशक विकाश अाचार्य वताउछन । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर रोगबाट पीडित थिए । फिल्म ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय ह्विलचियरमा विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए । तर, सुगर, प्रेसर जस्ता रोग थपिँदै गएपछि उनी विना कसैको सहारा उठ्न पनि नसक्ने भएका थिए । उनको आइतवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे  छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *