कर्णालीमा काेराेना स‌क्रमितकाे सख्या वड्दै एकैदिन थपिनेको संख्या ११०



  • कर्ण शाही, सुर्खेत कर्णाली प्रदेशमा साेमवार थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले बताए । अाज थपिएका ३५ जनामध्ये सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९/९ जना र अछामका एकजना रहेका छन । संक्रमित हुनेहरुमा सुर्खेतको लेकवेशी नगरपालिकाका ११ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये आठ वर्षकी एक बालिका र अन्य २१ देखि ३६ वर्षका पुरुष रहेका छन् । पञ्‍चपुरी नगरपालिका- १० का १ जना २५ वर्षका पुरुष, भेरीगंगा नगपालिका-११ का ३ जना रहेका छन् । जसमा ३ वर्षका बालक र २५ र ६० वर्षकी महिला रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, सल्यानको वनगाड कुपिन्डे ३, ४ र ६ का ९ जना पुरुषा पनि कोरोना देखिएको छ । उनीहरु १९ देखि २५ वर्षका रहेका छन् । अछाम चौरपाटी गाउँपालिका २ का १ जना ३१ वर्षका पुरुष रहेका छन् । आजै बिहान यस प्रदेशमा ७५ जना कोरोना संक्रमित थपिएका थिए । आजमात्र कर्णाली प्रदेशमा कोरोना संक्रमित थपिनेको संख्या ११० रहेको छ भने यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २३३ पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *