दैलेखमा संक्रमित स‌गै राखेपछी, भारतबाट आएका क्वारेन्टिनबाटै भागे


  • दैलेखमा संक्रमित स‌गै राखेपछी, भारतबाट आएका क्वारेन्टिनबाटै भागे

    दैलेख दैलेख सदरमुकामस्थित नारायण नगरपालिकाको नारायण क्याम्पसकाे क्वारिन्टिनमा राखिएका नागरिकहरु सोमबार भागेका छन् । जम्मा १०५ जनाको क्षमता भएको क्याम्पसमा काेराेना संक्रमित सहित भारतबाट आएका २१९ जनालाई दुई दिनदेखि  स‌गै राखेपछि उनीहरु भागेका हुन् । दुई दिनअघि काेराेना पुष्टि भएका १७ जना क्वारेन्टिनमै छन् । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएसँगै क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या ३४ पुगेको छ। पछिल्लाे समय कर्णाली प्रदेशमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो संख्यामा भित्रिएका छन् । हाल नारायण नगरपालिकामा मात्रै १४ सय बढी नागरिक रहेका छन् । भारतबाट आउने क्रम नरोकिएकोले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काको भनाइ छ। यता प्रहरीले भने भाग्न खोज्नेलाई पुन: क्वारेन्टिनमै राखिएको बताएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *