रुकुम घटनामा १७ वर्षिया शुष्मा मल्लकाे चरित्र हत्या गर्नेलाइ कारवाही हुनुपर्छ : नायिका रेखा थापा


  • रुकुम घटनामा १७ वर्षिया शुष्मा मल्लकाे चरित्र हत्या गर्नेलाइ कारवाही हुनुपर्छ : नायिका रेखा थापा
  • काठमाण्डाै अार. सापकाेटा गएको शनिबार जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर– ८, सोती गाउँमा भएको घटनामा जाजरकाेट र रुकुम चाैरजहारीका नवराज वि.प.,  टिकाराम सुनार, गाेविन्द शाही लगायत छ जनाकाे मृत्यु भइसकेकाे छ । घटनाकाे वास्तविकता हालसम्म पनी पहिचान हुन सकेकाे छैन । साेही घटनालाइ लिएर सामाजिक सञ्जालमा केहीले नवराजकी प्रेमिका भनिने एक १७ वर्षिया शुष्मा मल्लकाे चरित्र हत्या गर्न खाेजिएकाे भन्दै नायिका रेखा थापाले दाेसी माथी तत्काल कार्वाही गर्नुपर्ने र पीडितलाइ न्याय दिनुपर्ने भन्दै अाफ्नाे फेसवुक पेजमा लेखेकी छिन । उनले एउटा दलित सँग प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त? दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ  एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिन्सा र प्रताडना दिएको कारण ति किशोरि नदिमा हाम्फलेमा कस्ले जवाफ दिन्छ ?  दलितलाई प्रेम गरेको सट्टा जसरी उस्को चरित्र हत्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग लडनु पर्‍यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पिडन किन ? यो नबिर्सौ कि एउटा किशोरिको जीवन बर्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन । भनी अाफ्नाे फेसवुक पेजमा लेेखेकी छिन ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *