लकडाउनका कारण सयाै संख्यामा चलचित्र प्राविधिकहरु वेराेजगार, कसरी बाँच्ने चिन्ता


  • लकडाउनका कारण सयाै संख्यामा चलचित्र प्राविधिकहरु वेराेजगार, कसरी बाँच्ने चिन्ता
  • काठमाण्डाै आर. सापकाेटा तिव्र रुपमा फैलिरहेकाे नाेवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वका पाँच दर्जन वढि देशहरुमा महामारीका रुपमा फैलिरहेकाे छ ।  नेपालमा पनि यो भाइरस देखिएसँगै आफ्ना नागरिकलाइ सुरक्षीत राख्न सरकारले चैत्र ११ गतेवाट लकडाउनको घोषणा गरेपछि हरेक क्षेत्र स‌गै फिल्मी क्षेत्रपनी प्रभावित भएकाे छन् । अन्य क्षेत्र जस्तै फिल्म क्षेत्रमा पनि लकडाउनपछि कुनै गतिविधि भएका छैनन् । सिनेमा हल पूर्ण रुपले बन्द हुँदा प्रदर्शनको मिति कुरेर वसिरहेका फिल्महरु थन्किएका छन् भने निर्माणाधिन फिल्मको छायांकन अधुरैमा रोकिएको छ ।  केही दिनमात्र  हलमा चलेका फिल्महरु साेही अवस्थामा राेक्न वाध्य छन हल सञ्चाक तथा वितरकहरु । फिल्मी क्षेत्रनै प्रभावित भएकाे अवस्थामा यस क्षेत्रमा रहेका सयाै सख्याका मेरुदण्डहरु (चलचित्र प्राविधिक) बेरोजगार भएका छन् । फिल्म क्षेत्रलाइ चलायामान राख्ने उनीहरु दैनिक जिवन धान्ननी गाह्राे भएकाे वताउछन । लकडाउनस‌गै उनिहरु समस्यामा छन, विहान वेलुकिकाे छाक टार्न नी गाह्राे भएकाे लाइटम्यान दिपक लम्साल वताउछन । चलचित्र प्राविधिक संघले साढे ३ सय भन्दा बढी चलचित्र प्राविधिकहरुलाई राहत त वितरण गरेको छ, तर यो मात्र पर्याप्त छैन । लक डाउन भएकाे ७२ दिन पुगिसेकाे हुँदा अब निम्न वर्गीय मात्र नभएर मध्यम वर्गीय प्राविधिकहरुमा पनि समस्या सुरु हुन लागेकाे सह क्यामेरा म्यान अर्जुन सिजाली वताउछन। अन्य केही सिप छैन जानेकाे यही एउटा सिप हाे त्याे पनी लकडाउनले वन्द छ । काठमाण्डाैकाे भाडाकाे घरमा वसेका छाै । न काम छ न दाम छ । खल्तिमा पैसा छैन।  कमायर घरमा दिने वेला घरमावाट माग्न पनी लाज लागीराछ । काेठामा चामल सक्किदै छ । घरमा वुढा बा विरामी हुनुहुन्छ । सारै गाह्रो छ जिवन चलाउन । अव कसरी बाँच्ने, परिवार कसरी चलाउने भन्ने चिन्तैचिन्ता छ । फिल्म क्षेत्रमा लामाे समय विताय दुख पर्दा कसैले हेर्दाे रहेनछ । यो अप्ठ्यारो अवस्थामा नेपाल सरकार र चलचित्र विकास बोर्डबाट हेरबिचार होस् भन्ने लागेको लाइटम्यान अर्जुन तिमिल्सिना, प्रोडक्सन म्यानेजर डिबी भण्डारी, मेकअप आर्टिस्ट साेेनिया लामा लगायत वताउछन । नायिका रेखा थापा पनी लामाे समयसम्म लकडाउन जारी रहे प्राविधिकहरु भाेकभाेकै मर्ने अवस्था अाउन सक्ने भन्दै यसतर्फ  चलिचत्र विकाश वाेर्डले ध्यान दिनुपर्ने वताउछिन । सदावहार नायक भुवन के.सी. पनी  तत्काल प्राविधिकहरुलाइ काम गर्ने वाटाे खाेलीदिनु पर्नेमा जाेड दिन्छन । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा भन्छन्–‘सरकारले चलचित्र प्राविधिकहरुको लागि कुनै सम्बोधन गरेन भने अब प्राविधिकहरु भोकै पर्न सक्ने अवस्था आउँछ ।’लक डाउनको समयमा कलाकारहरुको सहयोगले संघले साढे ३ सय भन्दा बढी प्राविधिकहरुलाई राहत वितरण गरेको थियो । तर, चलचित्र प्राविधिक संघले अब, चलचित्र क्षेत्र भन्दा बाहिरका मानिसहरुलाई पनि सहयोगका लागि आह्वान गरेको छ । अध्यक्ष लामाले भने–‘चलचित्र प्राविधिकहरुका लागि सहयोग गर्न चाहने जुनसुकै क्षेत्रका व्यक्तिहरुले पनि चलचित्र प्राविधिक संघमार्फत सहयोग गर्न सक्नुहुनेछ ।’ पुष्करले सरकारले ल्याएको नयाँ आर्थिक बर्षको बजेटमा कुनै पनि खालको सम्बोधन नभएको भन्दै असन्तुष्टी जनाए । उनले भने–‘सरकारले स्थिती सामान्य नभएसम्म चलचित्र प्राविधिकहरुका लागि खाने र घर भाडाको व्यवस्था गर्न आवश्यक छ । होइन भने, कोरोनाको महामारी भन्दा भने भोकको महामारी अब सुरु हुँदैछ ।’ चलचित्र प्राविधिक संघमा सहयोगका लागि प्राविधिकहरुको फोन निरन्तर आएपनि अब आफूहरुले पनि सरकारलाई गुहार्न बाहेक अन्य उपाय नभएको पुष्करले बताए । पुष्करले सरकारसँग आग्रह गर्दै भने–‘सरकारले विभिन्न नियम बनाएर म्यूजिक भिडियो र सिरियलको छायांकन सुरु गर्ने अनुमती दिनुपर्दछ । चलचित्रका लागि पनि नियम बनाएर छायांकनका लागि अनुमती नदिए प्राविधिकहरुलाई ठूलो समस्या पर्छ ।’ यो समयमा धमाधम तीजका गीतहरुको छायांकन भैरहेको हुन्थ्यो । तर, यसपटक यी सबै काम ठप्प हुँदा प्राविधिकहरु वेरोजगार बनेका छन् । चलचित्र प्राविधिक संघले भयाभव स्थिती आउनु अगाडि नै सरकारले सम्बोधन गर्नुपर्ने माग गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *