कोरोना जित्नेकाे संख्या २६६ पुग्याे, सवैभन्दा वढि प्रदेश २ मा


  • कोरोना जित्नेकाे संख्या २६६ पुग्याे, सवैभन्दा वढि प्रदेश २ मा
  • काठमाण्डाै विश्व महामारीकाे रुपमा फैलिरहेकाे नाेवेल कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेकाे संख्या नेपालमा २६६ पुगेकाे छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमण निको हुनेको संख्या प्रदेश २ मा रहेको छ । जसमा १०४ जना रहेका छन् । हालसम्म एक जना पनि कोरोना मुक्त नभएको प्रदेश कर्णाली हो । केही दिनयता कर्णाली प्रदेशमा दिनप्रतिदिन काेराेना संक्रमितकाे संख्या वढिरहेकाे छ । त्यस्तै प्रदेश १ मा कोरोना निको हुनेको संख्या ४८ जना पुगेको छ । वाग्मती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ३ जना कोरोना मुक्त भएका छन् । त्यसैगरी प्रदेश ५ मा कोरोना निको हुनेको संख्या ७४ र सुदूरपश्चिम प्रदेशमा ७ जना रहेका छन् । हालसम्म काेराेना जित्नेमा  २ सय १२ पुरुष र ५४ जना महिला छन् । हालसम्म काेराेना संक्रमणवाट मृत्यु् हुनेकाे संख्या दुइ वर्षिया वालीका सहित ८ पुगेकाे छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *