कर्णालीमा ३ वर्षीया बालिका संगै ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो


  • कर्णालीमा ३ वर्षीया बालिका संगै ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो
  • सुर्खेत कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभाग प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १, ३,४, ५, ६ र ७ का २५ जना पुरुष र एकजना महिला रहेका छन् भने कुमाख गाउँपालिका-३ का २ जना पुरुषमा संक्रमण पुष्टि भएकोको छ । यस्तै, सुर्खेतको बराहाताल गाउँपालिका वडानम्बर १ र २ का दुई पुरुष, भेरीगंगा नगरपालिका वडानम्बर २ का दुईजना पुरुष, वीरेन्द्रनगर नगरपालिका-२ का दुईजना पुरुष, चौकुने गाउँपालिका वडानम्बर ७ र ८ का दुईजना पुरुष, लेकबेसी नगरपालिका वडानम्बर १, ३, ४ र ९ का ६ जना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर ३ र ९ का पाँचजना पुरुष र एकजना तीन वर्षीया बालिका रहेका छन् । दैलेख र कालीकोटमा पनि ३/३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ । जसमध्ये ७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *