सुदुरपश्चिममा भारतवाट चौध दिनमा २५ हजार नेपाली भित्रिए


  • सुदुरपश्चिममा भारतवाट  चौध दिनमा २५ हजार नेपाली भित्रिए
  • महेन्द्रनगर पश्चिम सुदुरपश्चिमको सीमानाका गड्डाचौकीबाट दुई साताको अवधिमा झण्डै २५ हजार नेपाली भित्रिएका छन् । स्थानीय प्रशासनले जेठ १२ गतेबाट गड्डाचौकी सीमानाकामा प्रवेश खुला गरेपछि सोमबारसम्म २४ हजार ७६७ जना स्वदेश भित्रिएका हुन् । छिमेकी मुलुक भारतबाट कोरोना भाइरसको त्रासका कारण घर फर्किने नेपाली लुकिछिपी जथाभावी भित्रिन थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जेठ १२ गगे गड्डाचौकीबाट प्रवेश खुला गरेको थियो । विभिन्न सीमा नाकाबाट नेपालीहरू भित्रिँदा कोरोना जोखिम बढेको भन्दै जिल्ला सुरक्षा समिति गड्डाचौकी नाकाबाट व्यवस्थित ढंगले भारतबाट आउने नेपालीलाई भित्र्याउने निर्णयमा पुगेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले दुई साताको अवधिमा गड्डाचौकी सीमानाका भएर २ हजार ९९१ जना भारतीय नागरिकलाई भारततर्फ पठाइएको जानकारी दिएका छन् । उनले क्वारेन्टिनमा रहेका ६० वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती, सुत्केरी महिला, अशक्तहरुलाई यथाशीघ्र कोरोना परीक्षण गरी होम क्वारिन्टाइनमा पठाउने गृहकार्य पनि सुरु गरिएको बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *