स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ


  • स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिँदैछ ।

    आज प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ ।



  • फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *