रङको पर्व होली तराईमा आज धुमधामसँग मनाइँदै


  • रङको पर्व होली तराईमा आज धुमधामसँग मनाइँदै

    काठमाण्डौं । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा मनाइने होली पर्व आज तराईका जिल्लामाहरूमा धुमधामसंग मनाइँदै छ । पहाडमा सोमबार नै होली मनाइएको थियो भने आज (मंगलवार) तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।

    होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । ​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।



  • फागु पर्व होलीको अवसरमा सरकारले सोमबार पहाडी क्षेत्र र आज(मंगलबार) तराई–मधेशमा सार्वजनिक बिदा दिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *