प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता


  • प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति बमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् ।

    यस अघि उनीहरूको रिट अदालत प्रशासनबाट दर्पीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दर्पीठको आदेश शुक्रबार बदर गरेको थियो ।

    दर्पीठ आदेश बदर भएसँगै मंगलबार अदालतमा प्रचण्डविरुद्ध रिट दर्ता भएको हो । रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ ।



  • उक्त रिटलाई लिएर सोमबार बिहान तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरुको बैठकलगत्तै सर्वोच्चमा दर्ता गरिएको हो । पेसी तोकिएसँगै द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्चले सुनुवाइ अघि बढाउने बाटो खुलेको छ ।

    यता माओवादी धारका नेताहरुले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

    प्रधानमन्त्री बालुवाटारमा आज बसेको माओवादी धारका नेताहहरुको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग माग समेत गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *