नहरमा डुबेर कोहलपुरका दुई बालकको मृत्यु


  • नहरमा डुबेर कोहलपुरका दुई बालकको मृत्यु

    बाँके । बाँकेको कोहलपुरमा नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । बराल स्थानीय दीपज्योति बोर्डिङ स्कुल तथा भट्टराई ज्ञानज्योति स्कुलमा अध्ययनरत थिए ।



  • सिमरी नदीको बन्दा नहरमा नुहाउन गएका पाँचमध्ये दुई जना डुबेको सूचना मृतकका आफन्तले प्रहरीलाई दिएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *