अरुणा र अञ्जन बने वर्ष खेलाडी


  • अरुणा र अञ्जन बने वर्ष खेलाडी

    काठमाडौं । राष्ट्रिय भलिबल टिमका कप्तान अरुणा शाही र नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन बिष्ट एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् ।

    नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा अञ्जन पुरुषमा तथा अरुणा महिलामा वर्ष खेलाडी घोषित भएकी हुन् । 

    पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पारे । अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पु¥याउन मद्दत गरेका थिए । 



  • वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पारिन् । अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो । पुरुष र महिलामा अवार्ड विजेताले बजार पल्सर मोटरसाइल प्राप्त गरे ।

    २०७८ सालमा नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा योगदान पुर्याउने खेलाडी तथा खेलव्यक्तित्वलाई अवार्डबाट पुरस्कृत गरिएको हो ।

    १९औं संस्करणको पल्सर अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । सहप्रायोजकहरूमा सूर्य नेपाल प्राली, ईसेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल गु्रप, सुबिसु र न्यु होराइजन कार्पेट इन्डस्ट्री छन् । सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *