कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा झडप, प्रहरी र वडाध्यक्ष घाइते


  • तस्विरः फाइल
  • पोखरा

    विशाल के.सी.

    कोरोना संक्रामणले निधन भएका स्याङजा वालिङका ५८ वर्षीय व्यक्तिको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ । गएराति साढे ११ बजे निधन भएका गुरुङ समुदायका एक व्यक्तिको शव व्यवस्थापनमा झडपसमेत भयो । प्रहरी र वडाध्यक्ष समेत घाइते भए । शव व्यवस्थापनमा अवरोध गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सुरुमा हरियोखर्कमा शव व्यवस्थापन गर्ने भनेर महानगरले निर्णय गर्‍यो । तर, त्यहाँका स्थानीयले अवरोध गरे । स्थानीयको अवरोधपछि महानगरले वडा नं. ११ स्थित रिठेघाटमा जग्गा व्यवस्थापन गर्‍यो । डोजर लगाएर खाल्डो पनि खनियो ।



  • तर, त्यहाँपनि स्थानीयले अवरोध गरे । स्थानीयलाई जनप्रतिनिधीले समेत साथ दिए । शव व्यवस्थापनमा ढिलाई भइरहेको थियो । अन्त्यमा, प्रहरी नै परिचालन गर्ने परिस्थिती आयो । तरपनि वडा नं. ११ र २० का स्थानीयले आफूहरुलाई जोखिम हुने भन्दै विरोध कायमै राखे । शव हेर्न गएका मृतकका श्रीमती र छोरीको पीडा कसैले बुझेनन् ।

    कोरोना संक्रमितको शव व्यवस्थापन कार्यविधीले शवबाट कोरोना सर्छ भनेको छैन, तर स्थानीयहरु र जनप्रतिनिधीहरुले संवदेनशीलता नबुझी अडान कायम राखे । अन्त्यमा प्रहरीले जबर्जस्ती नै गर्न बाध्य भयो ।

    प्रहरीले लाठीचार्जसँगै १८ जनालाई पक्राउ गर्‍यो । पक्राउ भएकामध्ये वडा नं. ११ का ४ जना छन् भने बाँकी १४ जना वडा नं. २० का रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक नरहरि अधिकारीले जानकारी दिए । अवरोध गर्ने क्रममा पोखरा महानगरको वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला सहित केही प्रहरी पनि घाइते भएका छन् ।

    सोमबार बिहानैदेखि शव व्यवस्थापनको तयारी भए पनि त्यसलाई अन्तिम रुप दिन झडप नै भएको हो । झडप र पक्राउसँगै मृतकको शव साढे ६ बजे रिटेघाटमा व्यवस्थापन गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *