पृथिवीको इन्द्र


  • पृथिवीको इन्द्र

    लघुकथा

    आफूले भनेको खुरुखुरु मान्ने अहल्यालाई छेउमै भेटेपछि इन्द्रले भने , हेरन अहल्या परीक्षा आउन लाग्यो फेरि कक्षा१२ को बोर्ड परीक्षा तयारी पनि पुगेको छैन । यही बेला गौतमले नोट कापी लगेर मेरो त हरिबिजोग पो पार्यो ।

    लौ न केही उपाय लगाएर कापी फिर्ता गरिदेऊ न । इन्द्रको कुरालाई नाइनास्ती नगरी सिधै एकान्तकुनामा रहेको गौतमको घरमा पुगे लगत्तै अहल्याले भन्न थाली , गौतम तयारी त निकै दरो जस्तो छ नि क्या हो सिङ्गै काठमाडौँ भ्याउने विचारमा त लागेनौ ? राताराता आँखा गराएको गौतमले मुखबाट नमिठो गन्ध निकाल्दै भन्यो, आऊ sweet heart म तिमीलाई नै पर्खिरहेको थिएँ यति भन्न नभ्याउँदै बत्ती निभाएर   कोठा अध्यारो बनाएपछि  अहल्यामाथि पशु जस्तै भएर जाई लाग्यो ।



  • अहल्या उम्कन खोज्दै कराउन थाली , रुन थाली केही सीप नलागेपछि भए भरको बल प्रयोग गरेर बल्लतल्ल भाग्न सफल भई । अहल्याले केही पर पुगेर ढुक्कको सास फेर्दै मुठी परिरहेको आफ्नो हात खोली जहाँ मुठ्ठी भित्र बन्द भएर सर्टको बटन पनि सँगै आएको रहेछ ।

    त्यो त्यही सर्टको बटन थियो जुन दुई दिनअघि मात्र अहल्याले मेरो जीवनको प्यारो मान्छे भन्दै  जन्मदिनको अवसरमा इन्द्रलाई उपहार दिएकी थिई ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *