आऊ, आज बिदा मनाऊँ

आऊ, आज बिदा मनाऊँ

कविता

चर्का कुरा गरेर
परिवर्तनका गफ लाउँदैमा 
बित्ने दैनिकी

अरूको आलोचना
बुका आश्वासन
खोक्रा उपदेश दिँदैमा
बित्ने मास

बेकामे भई
सिद्धान्तका ठेलीको
फिरिस्त लगाउँदैमा
बित्ने वर्षहरूमा 

परिवर्तनका खातिर
अनाहकमा गुमाएका
हजारौँ जीवनको
हिसाबकिताब गर्न कहाँ भ्यायौ र !
त्यसैले 
आऊ, आज बिदा मनाऊँ 

शासनका अकर्मण्यता
गुमनाम भविष्य
व्यर्थमा लुटिएका लाखौँ खुसीको 
लेखाजोखा गर्नकै लागि 
फुर्सदिलो कहिले भयौ र !
त्यही भएर
आज ती जीवन कुर्बानीको
मतलब खोजौँ
ती जीवन गुमाउन लगाउँदाका
प्रतिबद्धता खोजौँ
लुटिएका सिन्दूरको मर्म बुझौँ
खोसिएको सहाराको दुःख सम्झिऊँ
गुमेको विगतको दारुण चित्र हेरौँ
त्यसकै लागि भए पनि
आऊ, आज बिदा मनाऊँ ।बाह्रखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *