चैत ६ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री दाहाल

चैत ६ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिनका लिने आवश्यक व्यवस्था मिलाइदिन संघीय संसदको सचिवालयलाई पत्र पठाएका छन्।

प्रधानमन्त्री दाहालले यसअघि एमालेसँग गठबन्धन सरकारको नेतृत्व गर्दै पुस २६ गते विश्वासको मत लिएका थिए। राष्ट्रपति निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेका दाहालले ६ गते विश्वास लिन लागेका हुन्।

वर्तमान सत्ता गठबन्धमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *