२०८० सालमा देशभर ३५ दिन सार्वजनिक विदा


  • २०८० सालमा देशभर ३५ दिन सार्वजनिक विदा

    काठमाडौं । सरकारले २०८० विदा राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित सूचीअनुसार २०८० सालमा ३५ दिन देशभर लागू हुनेगरी सार्वजनिक विदा दिइएको छ ।

    सरकारले बिहीबार राजपत्रमा विभिन्न चाडपर्व, दिवश र जन्मजयन्तीलगायतका सार्वजनिक विदाबारे सूचना प्रकाशित गरेको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

    सरकारले २७ पुसमा ‘पृथ्वी जयन्ती’ र १ फागुनमा ‘जनयुद्ध दिवश’मा पनि सार्वजनिक विदा दिएको छ । देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ ।



  • यस्तै, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

    साथै, कार्यालयमा हाजिर हुने समय र छुट्ने समय पनि सरकारले निर्धारण गरेको छ । वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेम्म कार्यालय समय हुने उल्लेख छ ।

    यस्तै, कात्तिक १६ देखि १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने उल्लेख छ । शुक्रबारको दिन भने बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ने सूचनामा जनाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *