४ वर्षीया वालिका सहित पहिरोमा पुरिएर दुईजनाको मृत्यु



  • म्याग्दी म्याग्दीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । रघुंगगा गाउँपालिका–६ कोटगाउँ बस्‍ने ५० वर्षीया माया शेरपुञ्जा र सोही ठाउँ बस्‍ने रोशनी शेरपुञ्जाकी छोरी ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोमा परेर मृत्यु भएको हो । जस्ताको छानो भएको माया शेरापुञ्जीको कच्ची गोठमा सुतिरहेको अवस्थामा वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो आई गोठ पुरिन जाँदा पुरिएर उनीहरुको मृत्यु भएको हो । स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनाको शव घटनास्थलमा पुरिएको अवस्थामा फेला परेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *