ललितपुर र धनुषामा २ युवकको हत्या



  • काठमाण्डौ धनुषा र ललितपुरमा दुई युवाकाे हत्या भएको छ । धनुषामा गएराति एक जना युवकको हत्या भएको हाे । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो ।प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए अनुसार घटना सबैला नगरपालिका–७ को हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक पनि हत्या भएको अवस्थामा भेटिएका छन् ।फ्रेस हाउस सञ्चालन गरिरहेका २५ वर्षीय अमित शाही मृत भेटिएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले घटनाबारे अनुसन्धान भइरहेको बताए । हाल अपराधस्थलमा रहेका ललितपुर प्रहरीका एसपी तुलबहादुर कार्कीले घटनास्थलबाट मासु काट्ने हतियार बरामद गरिएको बताए । उनले भने, ‘घरकै कम्पाउण्डमा भएको घटना हो, हामी अनुसन्धान गरिरहेका छौं ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *