पछिल्लो २४ घण्टामा ३१४ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो


  • पछिल्लो २४ घण्टामा ३१४ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो
  • काठमाण्डौ नोभेल कोरोना भाइरसका ३१४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३१४ कोरोना भाइरस संक्रमित थपिएका हुन् । नयाँ कोरोना संक्रमितमध्ये २९४ पुरुष रहेका छन् भने २० महिला रहेका छन् । कुल कोरोना संक्रमतिको संख्या ३ हजार ७६२ पुगेको उनले बताए । स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको प्रवक्ता गौतमले बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४८८ पुगेको छ । जसमध्ये ४१९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताए । सोमबार देशभर १ लाख ६६ हजार ६६८ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसेलेसनमा रहने बिरामीको संख्या ३ हजार २६० रहेको छ । हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९९१ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडीटी परीक्षण ११ हजार ९४२ जनाको गरी कुल १६ हजार ७०८ वटा परीक्षण भएको छ । कहाँ कतिजनालाई देखियो कोरोना ? मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा झापा गौरीगञ्‍ज गाउँपालिका ६ जनामा कोरोना देखिएको छ । उनीहरु १८ देखि २८ वर्षका पुरुष रहेका छन् । सुनसरीको कोशी गाउँपालिका १ जना १९ वर्षका पुरुष रहेका छन् ।मोरङ्को धनपालस्थान गाउँपालिका,लेटाङ नगपालिका र रतुवामाइ गाउँपालिका गरी ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले पुष्टि गरे  । उनले भने “उनीहरुको उमेर १२ देखि २६ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।” कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गौरीगंञ्ज मेची नगरपालिका र हल्दीबारी क्वारेनटाइनका ३ जना रहेका छन् । उनीहरु १८ देखि ३१ वर्षका पुरुष रहेका छन् । स्थायी घर पाँचथर लालिखर्क गाउँपालिकाका हाल हल्दीबारी क्वारेन्टाइनमा रहेका ३१ वर्षका पुरुष रहेका छन् । सप्तरी राजविराज नगरपालिका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएका छन् । जसमा १४ देखि ३२ वर्ष उमेर समुहका ५ पुरुष र १ महिला रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु  बलागंवियुल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका  १५ जान पुरुष र १ महिला रहेका छन् । उनीहरुको उमेर खुलाइएको छैन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा १५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १६ लदेखि २५ वर्ष उमेर समुहका पुरुष रहेका मन्त्रालयले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २ जनामा कोरोना देखिएको छ । जसमा एक स्याङ्जा क्वारेन्टाइनमा रहेका ६० वर्षका पुरुष र कास्की पोखरा महानगरपालिका ४२ वर्षका पुरुष रहेका छन् । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा  पर्सा जगनाथपुर गाउँपालिकाको क्वारेन्टाइनका ८ जना रहेका छन् । जसमा  १ जना पुरुष  र ७ जना पुरुष रहेका छन् । बाराको पचौता नगरपालिका र स्वर्णपुर गाउँपालिका ७ जना रहेका छन् । जसमा १ बालिका एक महिला र ५ पुरुषमा कोरोना संक्रमण देखिएको छ । रौतहटको गढीमाइ नगरपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना पूरुष रहेका छन् । राप्ति स्वास्थ्य प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगपालिका गरी ७ जना पुरुष रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके जानकी गाउँपालिका १ जना पुरुषमा कोरोना ेदखिएको छ । मधुवन ठाकुर बाबा बाँसघारी बर्दियाको १८ जनामा कोरोना देखिएको छ बालिका, ३ महिला र अन्य पुरुष रहेका छन् । सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको आठविस नगरपालिका नारायण नगरपालिका,गुलास गाउँपालिका,नौँमुले गाउँपािलका ढुङ्गेश्वर गाउँपालिका १० जना रहेका छन् । सल्यान वनगाढ कुभिन्डेका ५ जना रहेका छन् जसमा १ महिला ४ पुरुष रहेका छन् । सुर्खेत बह्रारा तालगाउँपालिका १ जना २१ वर्षका पुरुष रहेका मन्त्रालयले पुष्टि गरेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अर्घखाँची, सन्‍दिखर्क सितगंगा गाउँपालिका ३१ जना रहेका छन् २ महिला २९ पुरुष रहेका छन् । गुल्मीका १ जना हाल लुम्बिनी मेडिकल कलेजमा रहेकी ३२वर्षकी महिला छिन् कपिलवस्तुका १७ जना रहेका छन् । जसमा २ महिला र १५ पुरुष,नवलपरासीका एक महिला र एक पुरुष , पाल्पाका हालस लुम्बिनी मेडिकल कलेजमा रहेका एक पुरुष, प्युठान कोटीमाइ गाउँपालिका लुम्बिनी विश्व विद्यालयको क्वारेन्टाइनमा रहेका एक जना बालिका र ७ जना पुरुष रहेका छन् । रुपन्देहीका ५ जना रहेका छन्  ।जसमा १ जना महिला र ४ जना पुरुष रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणका कपिलबस्तुका महाराजगंञ्ज नगरपालिका ७ जना पुरुष, महत्तोरी जलेश्वर क्वारेन्टाइन ,औरही क्वारेन्टाइनमा रहेका १२ जना पुरुष,रौतहटका ७ जना पुरुष, सर्लाही विश्व गाउँपालिका, मधुवन क्वारेन्टाइन,व्रमहपुरी क्वारेन्टाइन र कविलाज क्वारेन्टाइनमा रहेका १०६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३ जना महिला र १०३ जना पुरुष रहेका छन् । हालसम्म कोरोना भाइरसको संक्रमण देशका ७१ जिल्लामा फैलिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *