प्रहरी सेवालाई अझै प्रभावकारी र चुस्त बनाउँदै लैजान्छु :आईजीपी कुँवर


  • प्रहरी सेवालाई अझै प्रभावकारी र चुस्त बनाउँदै लैजान्छु :आईजीपी कुँवर

    काठमाडौं । नेपाल प्रहरीको नवनियुक्त ३० औ प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

    प्रहरी प्रधान कार्यलयमा शुक्रबार अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए ।

    उनले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पुर्याएको सेवाप्रति अभार व्यक्त गरे । उनले अवकाश हुन लागेका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिए ।



  • अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्रहरी कर्मचारीबाट प्राप्त साथ र सहयोगको खुलेर प्रशंसा गरे ।

    उनले प्रहरी कर्मचारी पनि शान्ति मिसनमा जाने सन्दर्भका विषयलाई आफूले अघि बढाएकाले अबको नेतृत्वले त्यो पूरा गरेर रोकिएका कार्यलाई निरन्तरना दिने विश्वास व्यक्त गरे ।

    उनले नवनियुक्त महानिरीक्षक कुँवरको कार्यकाल सफलताको शुभकामना दिए । सिंहसहित उनका ब्याची आज राति १२ बजेबाट अबकाशमा जाँदै छन् । नवनियुक्त महानिरीक्षक कुँवरले शनिबारदेखि कार्यभार सम्हाल्ने छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *