गाई फार्ममा आगलागी हुंदा दुई बाच्छासहित चार गाई जलेर मरे


  • गाई फार्ममा आगलागी हुंदा दुई बाच्छासहित चार गाई जलेर मरे
  • भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गएराति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए । आगलागीपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रनानि नवराज खरेल समेतको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा बुधबार बिहान ३ बजे आगो नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार आगलागीबाट रु आठ लाख ७० हजार बराबरको क्षति भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *