क्वारेन्टाइनका लागि ३९ जना लिएर हिडेको टिपर कर्णालीमा खस्दा गर्भवती सहित दुइ जनाको मृत्यु



  • कालिकोट

    जिल्लाको रासकोट नगरपालिकाको क्वारेन्टाइनका लागि ३९ जना यात्रु लिएर गएको टिपर कर्णाली नदीमा खसेको छ।  नरहरिनाथ गाउँपालिकाकाे लालिघाटमा टिपर कर्णालीमा खसेको हो। भारतबाट आएका रासकोटवासीलाई टिपरले जीते भन्ने ठाउँबाट नगरपालिका ल्याउँदै थियो।  घटनास्थलमा पुगेका प्रहरी र स्थानियले उद्धार जारी राखेका छन्। अहिलेसम्म २ जनाको शब निकालिएको छ। उनीहरुको सनाखत गरिएको छ।



  • मृतक २ जना बर्ष २३ की शर्मिला सार्की र बर्ष २१ की ठुम्की सार्की रहेका छन्। मृतक मध्ये एक जना गर्भवती थिइन। मृतक शर्मिलाकी २ बर्षकी छोरी सरिता सार्की पनि कर्णालीमा वेपत्ता छिन। बर्ष ३३ की मन्ना कुमाल पनि वेपत्ता छिन्। दुर्घटनामा परेका ६ जना वेपत्ता भएका हुन्। ४ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। २२ जना सकुसल रहेका छन्।

    ३९ जना सवार रहेको टिपरबाट १७ जना बाटोमै उत्रिएको पाइएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । १४ जनाको भने उद्धार गरिएको छ । घाइतेकाे जिल्ला अस्पताल कालिकाेटमा उपचारका लागि लगिएकाे छ तीमध्ये चारजनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट ल्याउने तयारी गरिएको हो ।

    दुर्घटनामा बाचेकाहरुले ७ दिनदेखि राम्रोसँग खान पनि नपाएको बताए। अब आफ्नो गाउँ आइयो भनेको त झनै ज्यानै पो लियो उनीहरुले रुँदै भने। घटनास्थलमा स्थानिय, प्रहरी, नेपाली सेना छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *