रुकुम सोती घटनाकाे अनुसन्धान अन्तिम चरणमा ,थप तीन पक्राउ


  • रुकुम सोती घटनाकाे अनुसन्धान अन्तिम चरणमा ,थप तीन पक्राउ
  • गएको जेठ १० गते शबिवार रुकुमको चाैरजहारी ८ साेतीमा ६ जनाको ज्यान जाने गरि भएको घटनामा संलग्न भएको आराेपमा प्रहरीले थप तीन जना पक्राउ गरेको छ । अनुसन्धानकाे क्रममा फरार रहेका घमण्ड मल्ल-,बिष्णु मल्ल र सर्वजित भन्ने सबिन पुनलाई जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले पक्राउ गरेको हाे । याे सँगै उक्त घटनामा संलग्नकाे आराेपमा पक्राउ पर्नेकाे संख्या २८ पुगेको छ । प्रहरीले साे घटनाको अनुसन्धान प्रकृया पनि अन्तिम चरणमा पुगेको बताएको छ । “हामीले अनुसन्धानलाई अन्तिम चरणमा लिएका छाै” चाडैं अनुसन्धान टुंगिन्छ ,पश्चिम रुकुमका डिएसपी ठग बहादुर केसीले बताए । प्रहरीले विभिन्न चरणमा घटनामा संलग्न भएको आराेपमा ब्यक्तिहरु पक्राउ गरि मुद्दा समेत अगाडि बढाएको हाे । जाजरकोट बाट साेती गाँउमा पुगेका ६ जना युवाहरुको गाउँलेहरुले लखेटेर हत्या गरेकाे आराेप छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *