आज प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने


  • आज प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने

    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो ।

    उक्त बैठकमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने समझदारी बनेको थियो। प्रधानमन्त्री दाहालले बिहीबार नै सत्तारूढ दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफलसमेत गरेका थिए।

    गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ ।



  • सोहीअनुसार दलहरूले मन्त्री हुनेहरूको नामबारे पार्टीभित्र आन्तरिक छलफल गरी लगभग टुंगोसमेत लगाइसकेका छन्। पार्टीहरूले आज नाम दिएमा आजै मन्त्रिपरिषद बिस्तार र शपथसमेत हुनेछ।

    प्रधानमन्त्री दाहालले चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। प्रधानमन्त्रीले लामो समयदेखि १६ मन्त्रालय आफैँले हेर्दै आएका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *