मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर लागु हुने


  • मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर लागु हुने
  • काठमाण्डौ नोबेल कोरोना भाइरसका कारण लामो समय बन्द रहेको यातायात सेवा अब भने केही हदसम्म खुकुलो हुने भएको छ ।  चारपाङ्ग्रे सवारी साधनमा झै मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ । यो नियम पुन मंगलबार बाट लागु हुन थालेको हो । सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएको थियो ।
    तर, पुन ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ ।’दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम बने यथावत नै रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *