१८ बर्षिया युवतिको कोरोनाबाट मृत्यु


  • १८ बर्षिया युवतिको कोरोनाबाट मृत्यु
  • वीरगन्ज २१, साउन । नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको छ । १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । पर्साको पोखरिया नगरपालिका ९ बर्वा टोलस्थित मामाघरमा बस्दै आएकी ती युवतीको मृत्युपछि भएको परीक्षणमा कोरोना पुष्टि भएको हो । गत सोमबार राति घरमै रहेको बेला पटकपटक वान्ता गर्न थालेपति ती युवतीलाई उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमा नै मृत्युु भएको थियोे । अस्पताल पुगेपछि मृत युवतीको स्वाब संकलन गरी परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *