लियोनेल मेस्सीलाई दुई साताको प्रतिबन्ध


  • लियोनेल मेस्सीलाई दुई साताको प्रतिबन्ध

    एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नो टोलीका मुख्य फरवार्ड लियोनेल मेस्सीलाई दुई साताको प्रतिबन्ध लगाएको छ ।

    क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गरेपछि पिएसजीले अर्जेन्टिनी कप्तान मेस्सीलाई दुई साताको प्रतिबन्ध लगाएको हो । 

    साउदी भ्रमण लगत्तै मेस्सीले लिग वानमा लोरिएन्टविरुद्ध पुरै ९० मिनेटमा खेलेका थिए । उक्त खेलमा पिएसजी ३–१ ले पराजित भएको थियो । 

    निलम्बन अवधिमा मेस्सीले पीएसजीबाट प्रशिक्षण वा खेल्ने छैनन् । ३५ वर्षीया मेस्सीले व्यावसायिक कामका लागि यात्रा गर्न अनुमति मागेको तर अस्वीकार गरिएको बुझिएको छ । क्लबको जरिवाना समेत खेपेका मेस्सीले साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिका निर्वाह गरेका छन् । 



  • विश्वकप विजेता मेस्सीको पीएसजीसँगको दुई वर्षको सम्झौता यसै समरमा सकिँदैछ । बार्सिलोनाका उपाध्यक्ष राफेल युस्टेले मेस्सीलाई बार्सिलोना फर्काउने प्रयास गरिरहेको छ । 

    मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट दिएका छन् । गत सिजन लिग १ को उपाधि जितेका छन् । 

    दुई साताको प्रतिबन्धपछि मेस्सीले ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउनेछ । लिग वानमा ५ खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको पिएसजीले स्पष्ट ५ अंकको अग्रता लिएको छ । पछिल्लो ११ सिजनमा पिएसजी नवौं लिग वान उपाधि जित्न चहान्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *