चार प्रदेशमा एआइजीको अनुगमन,मधेसमा चौधरी, लुम्विनिमा तामाङ


  • चार प्रदेशमा एआइजीको अनुगमन,मधेसमा चौधरी, लुम्विनिमा तामाङ

    काठमाडौं । तत्काल कारबाही गर्ने अधिकारसहित प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई विभिन्न प्रदेशको अनुगमनमा खटाएको छ । प्रहरी मिलेमतोमै सीमा नाकाबाट तस्करी भइरहेको सूचनाका आधारमा अनुगमन गरी कारबाही गर्ने अधिकारसहित टोली खटिएको हो ।

    मधेसमा मीरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ, कोशीमा टेकप्रसाद राई र सुदुरपश्चिममा सुदीप गिरी खटिएका छन् । सो टोलीलाई सीमा नाकाम हुने पुलिसिङको बिशेष अनुगमन गर्ने जिम्मेवारी छ । कतै कमजोरी देखिएमा तत्कालै प्रहरीहरु कारबाहीमा पर्नेछन् ।




  • तराईका जिल्लामा प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयले एआइजीलाई नै अनुगमनमा खटाएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *