कक्षा १२ को परीक्षामा ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै


  • कक्षा १२ को परीक्षामा ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

    काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । यसपालिको परीक्षामा देशभरबाट कुल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।
    अघिल्लो वर्ष तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्नेछ ।



  • ६ वटै विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

    बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *