पूर्व प्रधानमन्त्री खानको पक्राउपछि पाकिस्तान तनाबग्रस्त, ४ जनाको मृत्यु


  • पूर्व प्रधानमन्त्री खानको पक्राउपछि पाकिस्तान तनाबग्रस्त, ४ जनाको मृत्यु

    एजेन्सी । पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा अराजकता मच्चिएको छ ।

    उनको पक्राउपछि भएको हिंसामा परी पेशावरमा ४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । मंगलवार पक्राउ परेका खानलाई ८ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ । 



  • यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा कायम गर्ने भन्दै इस्लामाबाद, पञ्जाब र केपीमा सेना परिचालन गरिएको छ भने पीटीआईको विरोधपछि पञ्जाबमा मात्रै झण्डै एक हजार पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।

    पीटीआईका नेताहरु असद उमरलाई आईएचसीबाट र फवाद चौधरीलाई एससीबाट गिरफ्तार गरिएको छ भने इमरानको गिरफ्तारीमा आईएचसीको फैसलाविरुद्ध पीटीआईले सर्वोच्च अदालत पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *