एमालेको स्थायी कमिटी शनिबार बस्ने


  • एमालेको स्थायी कमिटी शनिबार बस्ने
  • काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकका बीचमा बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिलाई सारिएको हो । आज प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले शनिबार बिहान मात्रै स्थायी कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    शुक्रबारको बैठकमा दुईवटा भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेश कमिटीले ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गर्ने उनले जानकारी दिए । उपमहासचिव ज्ञवालीका अनुसार आज बागमती, गण्डकी, सम्पर्क समन्वय र उपत्यका विशेष कमिटीले ग्रास रुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नेछन ।



  • त्यसपछि प्रतिवेदनहरूमाथि समूहगत छलफल हुनेछ । समूहगत छलफलका लागि आठ वटा समूह बनाइएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निस्कर्षसहित सुझाव प्रस्तुत गर्नेछन्।

    प्रदेश अध्यक्षहरूको सुझावका आधारमा शनिबार बिहान बस्ने स्थायी कमिटी बैठकले पार्टीको भावी कार्ययोजनाको प्रस्ताव तयार पार्नेछ । सोही प्रस्ताव शनिबार दिउँसो पुनः केन्द्रीय कमिटी बैठकबाट पारित गरी बैठक सकिने एमालेले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *