गण्डकीका मुख्यमन्त्री पाण्डेद्धारा मन्त्रिपरिषद बिस्तार,मन्त्रीहरुको शपथ दिउँसो ४ बजे


  • गण्डकीका मुख्यमन्त्री पाण्डेद्धारा मन्त्रिपरिषद बिस्तार,मन्त्रीहरुको शपथ दिउँसो ४ बजे

    काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गरेका छन् । उनले शुक्रबार नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट १ र एकीकृत समाजवादीबाट १ जनालाई लिएर ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् । 

    कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा, माओवादीबाट रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका छन् ।



  • मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसो ४ बजेका लागि तय भएको छ ।

    एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले १५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री बनाएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *